काठमाडौं । केन्यासँगको खेलको लागि अन्तिम तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलि नेपाल राजवाडा क्रिकेट टिमसँग पराजित भएको छ ।  भारतको ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा भएको पहिलो अभ्यास खेलमा नेपाल राजवाडा क्रिकेट टीमसँग ४७ रनले पराजित भएको हो ।

जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको नेपालले ४७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै २ ३४ रन मात्र बनाउन सफल भएको थियो ।  नियमित कप्तान पारस खड्काको अनुपस्थितीमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले शतक पारी खेले पनि नेपाल पराजित हुन पुग्यो । खेलमा उपकप्तान ज्ञानेन्द्रले १सय४ रन जोडे ।

यस्तै सागर पुनले २८ रन जोड्दा अन्य खेलाडीले उत्साह जनक प्रदर्शन गर्न सकेनन् ।  यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजवाडाले निर्धारित ५० ओभरको समाप्तिमामात्र ७ विकेट गुमाउँदै २ सय ८१ रन जोड्न सफल भएको थियो ।

खेलमा राजबाडाका लागि रजत चप्रवालले सर्वाधिक ९१ रन बनाए भने मधुर खत्रीले ९० रन जोडे । यस्तै, मोहम्मद सफी ५२ रन बनाए भने कपिल यादव १६, पाइलट सिंह ६, नरेन्द्र तोमर ५ तथा फर्मन अहमदले ३ रन बनाएर आउट भए।

सचिन मालभ ८ रनमा रिटायर्ड हर्ट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र करण केसीले एक÷एक विकेट लिए । राजवाडाका दुई खेलाडीलाई नेपालका विनोद भण्डारीले रनआउट गरे भने एक खेलाडीलाई शक्ति गौचनले रनआउट गरे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments