काठमाडौं । ‘लुट-२’ ले दुई दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गरेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको सिनेमा ‘लुट-२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ ।

यो भन्दा पहिले सिनेमा छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमै तीन करोड भन्दा धेरैको व्यापार गरेर छक्का पञ्जालाई पहिलो स्थानबाट रिप्लेस गरेको छ ।  ‘लुट–२’ को ट्रेलर र गीतले पनि छोटो समयमै धेरै दर्शक पाएर छक्का पञ्जाको रेकर्ड तोडिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments