एजेन्सी । इङ्लिश प्रिमियर लिगमा एभर्टन विजयी भएको छ ।

शनिबार राति भएको खेलमा एभर्टनले सण्डरल्याण्डलाई २–० गोलअन्तरले पराजित गरेको हो । लिगको पुछारमा रहेको सण्डरल्याण्डमाथि एभर्टन हावि भएको हो । खेलको ४० औं मिनेटमा इड्रिस्सा गुएयूले एभर्टनलाई शुरुवाती अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा आर लुकाकुले गोल गर्दै एभर्टनलाई २–० को जीत दिलाएका हुन् । शनिबार राति नै भएको खेलमा हल सिटी र बर्नलेले १–१ को बराबरी खेलेका छन् । त्यस्तै क्रिष्टल प्यालेसले मिडस्ब्रोलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

 

 

Comments

comments