काठमाडौं । सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथि छलफल गर्न मधेसी मोर्चाको बैठक अहिले बस्दैछ ।  आइतबार ५ बजेसम्ममा संशोधन पेस गर्नुपर्ने भएकोले मोर्चाको बैठक बस्न लागेको हो । मोर्चाले भाषा, संघीयता, क्षेत्र निर्धारण, राष्ट्रिय सभाको गठन लगायतका विषयमा संशोधन पेस गर्ने मोर्चाको तयारी छ ।

मोर्चाभित्र संशोधनमाथि सहमति गरेपछि मोर्चाले अन्य दलहरुसँग पनि छलफल गर्ने जनाएको छ । मोर्चाले सरकारले पेश गरेको संविधान संशोधनका विषयमा असहमति जनाउँदै आएको छ ।

मोर्चाले संविधान संशोधन नभए स्थानीय तहको निर्वाचनमा समेत भाग नलिने जनाउदै आएको छ । वैठक तमलोपाको संसदीय दलको कार्यालयमा बस्दैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments