इङ्गलिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा म्यानसिटीले न्यूकासल युनाइटेडलाई उसकै मैदानमा २-० ले हरायो ।उपाधिको प्रमुख दावेदार म्यानसिटीलाई जिताउने क्रममा डेभिड सिल्भा र सर्जिओ अगुएरोले एक एक गोल गरे । गएराति नै अर्को दावेदार टिम लिभरपुललेआप्mनै मैदानमा साउथह्याम्पटनलाई २-१ ले हरायो ।

लिभरपुललाई जिताउने क्रममा राहिम स्टर्लिङ र ड्यानियल स्टरिजले एक एक गोल गरे । साउथह्याम्पटनका लागि नाथलियन स्लाइनले सान्त्वना गोल गरे । लिगको पहिलो चरणको अन्तिम खेलमा आज अर्को उपाधि दावेदार चेल्सीले नव प्रवेशी टोली बर्नलेको सामना गर्दैछ । खेल राति पौने १ बजे बर्नलेको मैदानमा हुनेछ ।

Comments