काठमाडौं । स्पेनिस ला लिगामा सेभिल्लाले शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाले रियल बेटिसलाई २–१ ले हराएर शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको हो । सेभिल्लाको जितमा गाब्रिएल मेर्काडो र विसेन्ट इबोर्राले गोल गरे । खेलमा अग्रता भने रियल बेटिसले लिएको थियो ।

३६ औं मिनेटमा रिजा डुर्मिसीले गोल गर्दै पहिलो हाफमा रियल बेटिसलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा पछि परेको सेभिल्लाका लागि ५६ औं मिनेटमा मेर्काडोले बराबरी गोल फर्काए ।

७६ औं मिनेटमा इबोर्राले गोल गरेपछि सेभिल्ला २–१ ले विजयी भयो । जिपछि सेभिल्लाको २४ खेलबाट ५२ अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिडको पनि ५२ अंक नै छ र उसले दुई खेल कम खेलेको छ । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

सेभिल्ला भन्दा एक खेल कम खेलको तेस्रो स्थानको बार्सिलोनाको ५१ अंक छ । राति भएका अरु खेलमा एलाभेसले भ्यालेन्सियालाई २–१, लेगानेसले डिप्रोटिभो डि ला कोरुनालाई ४–० तथा एइबरले मालागालाई ३–० ले हराएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments