काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अधिकांश क्याम्पसहरुमा प्रभावित हुन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार काठमाडौं उपत्यकासहित मुलुकभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ता गर्नुपर्ने भए पनि विभिन्न विद्यार्थी संगठनले कतिपय क्याम्पसहरुमा तालाबन्दी गरेपछि उम्मेद्वारी दर्ता प्रक्रिया प्रभावित हुन पुगेको हो । राजधानीका अधिकांश क्याम्पसमा बैद्य तथा चन्द निकट, नेवि संघ र नयाँ शक्ति निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा आगजनी समेत गरेका छन् ।

काठमाडौं उपत्यकाका थापाथली र पुल्चोक इन्निनियरिङ क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र सानोठिमी शिक्षा क्याम्पस बाहेक राजधानीका अधिकांश क्याम्पसमा तालाबन्दी भएको नेविसंघका पूर्व प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।

उपत्यका बाहिर तराईका जिल्लाहरुमा अधिकांश क्याम्पसहरुमा तालाबन्दी भएका छन् भने पूर्वी पहाडका एकाध बाहेकका क्याम्पसमा मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । त्यसैगरी क्षेत्र नं. ४, ५ र ६ मा केही बाहेक अधिकांशमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा यहि फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments