धरान ।  नेपाल पुलिस क्लबले सडेन डेथमा संकटा क्लबलाई हराएर उन्नाइसौँ बुढासुब्बा गोल्ड कपको उपाधी जितेको छ । पुलिसले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधी जितको हो ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा खेलको २८ औँ मिनेटमा संकटाका राज पौडेलले गोल गरेर अग्रता दिलाएका थिए । ८० औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पुलिसका जुमानु राईले खेल बराबरी गरे । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा पहिलो अग्रता लिएपनि त्यसलाई जोगाउन नसकेको संकटा टाइब्रेकरमा पराजित भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments