काठमाडौं । नेपालले एसिसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

नेपालले आइसिसीको निर्णयमा पुनर्विचार गर्न अपील गरे अनुसार अपील गरेपछि नेपालले खेल्न पाउने भएको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनशिपको तालिका नजिक पर्ने भन्दै युएईले नाम फिर्ता लिएपछि एसिसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएपछि नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।

चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको अन्डर २३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् । यूएईको सट्टा मलेसियाले खेल्नेछ ।

एसीसी इमर्जिङ कप मार्च २५ देखि अप्रिल ५ अर्थात चैत १२ देखि २३ सम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments