मेलबर्न । काठमाडौ घर भएका प्रयास सुवेदी हाल मेलबर्न अष्ट्रेलियामा बस्नुहुन्छ । ३४ वर्षीय प्रयास हाल अष्ट्रेलियाको नेपाली समुदायको गोर्खाली क्रिकेट क्लबबाट खेल्नुहुन्छ । उहाँ भन्नुहुन्छ –“खेलले खुशी र तन्दुरुस्ती दिन्छ “ । प्रस्तुत छ हिमालयन कङ्गारुको स्पोर्टस् टकमा उहाँसंग गरिएको कुराकानी :

तपाईंको घर कहाँ हो ?

मेरो घर कुलेश्वर, काठमाडौ हो ।

अहिले कहाँ बस्नुहुन्छ ?

हाल म बर्क्ली स्ट्रीट मेलबर्न, अष्ट्रेलियामा बस्छु ।

कुन खेल खेल्नुहुन्छ ?

म क्रिकेट खेल्छु ।

तपाईंको खेलको पोजिसन कुन हो ?

म मिडल अर्डर ब्याटिङ गर्न रुचाउँछु ।

कति वर्षको उमेरदेखि खेल्न थाल्नुभएको हो ?

म सात वर्षको हुँदादेखि खेल्न थालेको हूँ ।

कुन टिमको लागि खेल्नुहुन्छ ?

अष्ट्रेलियाको गोर्खाली क्रिकेट क्लबको लागि खेल्छु ।

अरु कुनै टिमको लागि खेल्नुभएको छ ?

वेस्टसाइड युनाइटेड, ब्रन्स्विक ब्लुज, व्हाइट हाउस कलेज र डनबस्को कलेजको लागि पनि खेलेको छु ।

आफ्नो सबैभन्दा राम्रो प्रदर्शन ?

ब्रन्स्विक ब्लुजबाट न्याभ कप २००९ जितेको क्षण र न्याभ कप २०१३ मा वेस्टसाइड युनाइटेडलाई लीड गर्दाको क्षण उल्लेखनीय रह्यो ।

क्रिकेट बाहेक अरु कुन खेल खेल्नुहुन्छ ?

फूटबल, टेबल टेनिस र ब्याडमिन्टन ।

जीवनमा लज्जित महशुस गरेको क्षण ?

परिवारमा आफूभन्दा ठूला सदस्यसंग विवाद गरेको क्षण । सम्झिँदा पछुतो लाग्छ ।

तपाईंलाई मनपर्ने,

खाना ?

मेरो आमा र श्रीमतीले पकाउने कुनै पनि परिकार ।

गीत ?

मेटालिकाको ’नथिङ इल्स म्याटर’ ।

टी.भी शो ?

भुषण दाहालको ’फायरसाइड’ ।

चलचित्र ?

’वि वेयर सोल्जर्स’ ।

स्पोर्टस् टिम ?

अष्ट्रेलियन र पाकिस्तानी क्रिकेट टिम ।

खेलाडी ?

वासिम आक्रम ।

खेल ?

बक्सिङ्ग डे एशेस टेस्ट म्याच २०११

अष्ट्रेलियामा अध्ययन गर्दै हुनुहुन्छ ?

छैन ।

तपाईंको विचारमा ,

सबैभन्दा प्रतिभावान खेलाडी ?

आकाश सिंह ।

जोकर अफ द टीम?

उत्सव पराजुली ।

द लाउड माउथ ?

निराकार बराल ।

 

मेहनती खेलाडी ?

सुमन सिंह ।

सबैभन्दा अल्छी खेलाडी ?

उत्सव पराजुली ।

तपाईंको पारिवारिक सदस्य ?

जीसीसीएम ।

मानिसको जीवनमा खेलले कस्तो भूमिका खेल्दछ ?

खेल रमाइलोको लागि खेलिन्छ । त्यस्तै खेलले तन्दुरुस्त राख्छ र समाजमा घुलमिल हुने अवसर दिन्छ ।

यहाँको नेपाली समुदायबीच क्लब खेलको स्थिति कस्तो छ ? खेलाडीहरुलाई प्रोत्साहन गर्न के गर्नुपर्ला?

म यहाँको नेपाली समुदायको टिमहरुमा एकआपसमा रिसइवी र घमण्ड देख्छु । राम्रो सहभागिता र प्रदर्शनको लागि यो छोडेर हामीमा एकताको विकास गर्नु जरुरी छ ।

अष्ट्रेलियाको व्यस्त दैनिकीका बावजुद कसरी खेलको लागि समय छुट्टाउन सक्नुभएको छ ?

समय मिलाउन गाह्रो छ । तर समय निकालेर म खेलबाट आफ्नो खुशी बटुल्छु भने परिवार मलाई आफ्नो साथमा पाएर खुशी हुन्छन् ।

नेपालको खेलकुद स्थितिको बारेमा तपाईंको धारणा के छ ?

नेपालको अरु क्षेत्र संगै खेलकुद पनि कमजोर छ ।

नेपालमा खेलकुदका समस्याहरु के हुन् जस्तो लाग्छ ?

योजनाविहीन हुनु,कमजोर व्यवस्थापन र भौतिक पूर्वाधारको कमी ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments