एजेन्सी। सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । टर्कीसँग सीमा जोडिएको अल–बाब शहर टर्कीको समर्थन रहेका लडाकुको कब्जामा छ ।

इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणको क्रममा टर्कीको समर्थन पाएका लडाकुको पोस्ट ध्वस्त पारेको दाबी पनि आइएसले गरेको छ ।

तर टर्कीले भने अल–बाबसहित वरपरका क्षेत्र आफ्नो समर्थन पाएका लडाकुको नियन्त्रणमा रहेको बताएको छ । अल–बाबमा प्रवेशका लागि स्वीकृतिको प्रतिक्षामा रहेका नागरिक जम्मा भएको ठाउँमा विस्फोट भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments