मेलबर्न । करियरब्लिसले अष्ट्रेलियामा सबैभन्दा सुखी र सबैभन्दा दुखी जागिरको सूची सार्वजनिक गरेको छ ।

कम्पनी र कामदारहरुबीचको सम्बन्ध, कामको वातावरण, स्रोत साधनहरु, सुविधा र तलबभत्ता, कम्पनीको काम र नाम आदिका आधारमा अष्ट्रेलियामा सबैभन्दा सुखी र सबैभन्दा दुखी जागिरहरुको सूची सार्वजनिक गरिएको हो ।

विश्व प्रसिद्ध म्यागजिन फोबर्सका अनुसार करियरब्लिसले २०१५ देखि २०१७ सम्ममा विभिन्न क्षेत्रका कर्मचारीहरुलाई आधार बनाएर अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानको नतिजा अनुसार अष्ट्रेलियाका सबैभन्दा सुखी र दुखी जागिरहरु यहाँ उल्लेख गरिएको छ

सुखी जागिर

१. रिक्रुटर (औसत तलब : ५६, ७१५ डलर )

२. फुल स्टक डेभलपर ( औसत तलब : ७२,८५६ डलर)

३. रिसर्च असिस्टेन्ट (औसत तलब : ३१,६२४ डलर)

४. सिनियर जाभा डेभलपर ( औसत तलब : ९८,८१४ डलर )

५. एन्द्रोइड डेभलपर ( औसत तलब : ५६,१२०डलर )

६. सिटिओ (औसत तलब : १२१,६९१ डलर )

७. लीड इन्जिनियर (औसत तलब : ९२,५३८ डलर)

८. लीड डेभलपर (औसत तलब : ८४,२९६ डलर ).

९. सफ्टवेयर क्युए इन्गीनियर (औसत तलब : ६५,७७९ डलर )

१०. सीओओ (औसत तलब : १२५,०८६ डलर)

दुखी जागिर

१. सेल्स एकाउन्ट म्यानेजर (औसत तलब : ६५,४१४ डलर)

२. सेक्युरिटी अफिसर (औसत तलब : २६,६०३ डलर )

३. मर्क्यनडाइजर (औसत तलब : २९,४४० डलर )

४. क्यासियर (औसत तलब : १९,६८५ डलर )

५. ड्राइभर ( औसत तलब : १९,६८५ डलर )

६. गार्ड (औसत तलब : ३६, २१८ डलर )

७.सेल्स (औसत तलब : ५०,००० डलर )

८.मेसिन अपरेटर ( औसत तलब : ३२,२०० डलर)

९.सर्भिस टेक्निसियन ( औसत तलब : ४३,०५९ डलर)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments