एजेन्सी । गुगलले विभिन्न सन्दर्भमा डुडल मनाएर खुशी व्यक्त गर्ने गर्दछ । पृथ्वी जस्ता सात नयाँ ग्रहको खोजीको खुशी मनाउँदै गुगलले डुडल मनाएको छ । अमेरिकी कलाकार नेत स्वाइनहार्टले यो रंगीन र एनिमेटेड डुडल बनाएका हुन् ।

यो गुगल एनिमेशनमा पृथ्वी र चन्द्रमाले नयाँ पत्ता लागेको सौर्यमण्डललाई टेलिस्कोपको सहायतामा नियालिरहेका हुन्छन् । जब उनीहरुले सात ग्रहलाई देख्छन्, उनीहरु खुशीले मुस्कुराउँछन् र उत्सव मनाउँछन् । बैज्ञानिकहरुका अनुसार पृथ्वीको जनसंख्या सन् २०५० सम्ममा ९ सय करोड हुनेछ । पृथ्वीभित्रका खनिज तथा श्रोत सकिंदै जानेछन् ।

आउने समयहरुमा पीउन योग्य सफा पानी, तेल, ग्यास, कोइला बिस्तारै सकिंदै जानेछन् । सन् २००२ मा वल्र्ड वाइल्डलाइफ फन्डले तयार पारेको रिपोर्टका अनुसार सन् २०५० सम्ममा पृथ्वीमा भएका खनिज स्रोतहरु समाप्त भैसक्नेछन् । यसको मतलब पृथ्वी संकटको नजिक छ । भर्खरै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जीवनको सम्भावना भएका सात ग्रह पत्ता लागेको दाबी गरेको छ ।

ती ग्रह पृथ्वीबाट ४० प्रकाश बर्ष टाढा रहेको एउटा ताराको परिक्रमा गरिरहेका छन् । एक प्रकाश बर्षमा ९ लाख ४६ हजार करोड किलोमिटर हुन्छ । पत्ता लागेका नयाँ ग्रहहरु पृथ्वीबाट करिब ३ सय ७८ लाख करोड टाढा छन् ।

बैज्ञानिकहरुले पहिले पनि धेरै ग्रहको खोजी गरेका छन् । तर पहिलो पटक यस्तो ग्रह भेटिएको हो, जसको प्रकृति धेरै हदसम्म पृथ्वीसंग मेल खान्छ, जसमा जीवनको सम्भावना छ । जसले पृथ्वीवासीका लागि केही भए पनि राहत दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments