काठमाडौं । आज महाशिवरात्रि । बिहान ३ः३० बजेदेखि नैै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो छ । बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको थियो।

उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

पशुपतिको पूर्व ढोका भने ७ः३० बजेपछि खुलेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । लाइनमा बसेका भक्तजनले ४५ मिनेटमा मन्दिरमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसैले यसवर्ष धेरै समय लाइन बस्नु पर्दैन ।

यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख रुपैयाँ सङ्कलन गरेको थियो । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले फागुन ११ गतेदेखि नै पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments