इन्स्टिच्युट अफ मेडिसिन अन्तरगत  अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरु बीच आपसी सदभाब एवं सम्बन्ध कायम राख्न अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको सोसिएल  एण्ड हेल्थ वेलफेयर सोसाइटी  ( SHWS) ले  बाढी तथा पहिरोमा  परेका पिडितहरुको सहयोगार्थ  हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको छ | रास्ट्रिय आवासीय चिकित्सक संगठनका  सचिव डा. विकाश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितमा  एमबिबिएस तहका  विद्यार्थी टोलि प्रथम, द्वितीय हुनेमा  बिएएसएल र तेश्रो हुनेमा बिएससी एमएलटिका  विद्यार्थी समूह छन् |प्रतियोगितामा विजयी सहभागीहरुलाई प्रमाणपत्र तथा पुरस्कारको पनि  व्यवस्था गरिएको थियो |

फार्मेसीमा स्नातक गर्दै गरेका अनिल काफ्लेले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउन  बेलाबेलामा   यस्ता सहभगिता मुलक कार्यक्रमहरुको आयोजना गर्नु पर्नेमा   जोड  दिए | सोसिएल  एण्ड हेल्थ वेलफेयर सोसाइटी  ( SHWS)का अध्यक्ष सरोज ढकालले  आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्दै जाने लक्ष रहेको बताउनुभयो |

Comments