काठमाडौं। मुलुकमै सबभन्दा धेरै र महँगोमा जग्गा खरिदबिक्री हुने राजधानी उपत्यकामा मालपोतका कर्मचारी र कारोबारीको मिलेमतोमा रजिस्ट्रेसन पास गर्दा करोडौं पुँजीगत लाभकर छलेर भ्रष्टाचार गर्ने गरेको पाइएको छ । भूमिसुधार मन्त्रालय र विभागको सक्रियतामा एक महिनायता छानबिन गर्दा उपत्यकाका ६ वटा मालपोत कार्यालयबाट जग्गा कम मूल्यमा खरिदबिक्री भएको देखाएर साढे २ करोड रुपैयाँभन्दा बढी लाभकर छली गरी भ्रष्टाचार गरेको पाइएको हो ।

उपत्यकाका मालपोत कार्यालयहरूमा लाभकर छली भइरहेको पाइएपछि भूमिसुधार मन्त्रालयले त्यहाँका ८० जनाभन्दा बढी कर्मचारीमाथि छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।

उपत्यकाका डिल्लीबजार, चाबहिल, कलंकी, साँखु, ललितपुर र भक्तपुर मालपोत कार्यालयका प्रमुखसहितका कर्मचारीमाथि भ्रष्टाचारमा छानबिन गरी कारबाही गर्न अनुरोध गरिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ । स्रोतका अनुसार ती कर्मचारीले साउनदेखि पुस मसान्तसम्ममा २ सय ७४ वटा जग्गा किनबेचमा साढे २ करोड रुपैयाँ बराबरको लाभकर छली गरी भ्रष्टाचार गरेको निष्कर्षसहित विभागका निर्देशक नेतृत्वका ५ वटा टोलीले छानबिन प्रतिवेदन मन्त्रालयलाई दिएका छन् ।

मन्त्रालयले जग्गा कारोबारीसित मिलेमतोमा लाभकर छली गर्ने प्रवृत्तिलाई रोक्न उपत्यकाका मालपोत कार्यालयहरूमा कार्यरत मालपोत अधिकृतदेखि खरिदारसम्मका ८२ कर्मचारीलाई एकैपटक उपत्यका बाहिर सरुवा गरिदिएको छ । लाभकर छलीमा प्रत्यक्ष संलग्न कर्मचारीहरूका हकमा भने अख्तियारलाई भ्रष्टाचारमा कारबाही गर्न अनुरोध गरिएको स्रोतले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments