मेलबर्न । नेपाली बालिका सरिना सैजुको चर्चा यतिखेर नेपाल र अष्ट्रेलियामा मात्र होइन सर्वत्र हुन थालेको छ । एक अष्ट्रेलियन चलचित्रमा गरेको अब्बल अभिनयका कारण सरिनाको चर्चा एकाएक बढेको हो ।

उनलाई ’सर्भाइभ अर डाई’ नामक चलचित्रमा हेर्न पाइने भएको छ । चलचित्रमा गैरकानूनी बाटोबाट अष्ट्रेलिया आउने शरणार्थीहरुको संघर्षको कथालाई देखाईएको छ । ’सर्भाइभ अर डाई’ मा सरिना बंगलादेशी सिमान्तकृत मुस्लिम समुदाय रोहिंगाकी एक बालिकाको भूमिकामा छिन् ।

नौ वर्षीय सरिना हाल कक्षा पाँचमा अध्ययनरत छिन् । सरिनाले यो वर्षको एफ्रो अष्ट्रेलियन म्युजिक एण्ड मुभी अवार्डमा फ्युचर स्टार समूहमा अवार्ड जितेकी छिन् ।

अहिले धमाधम छायांकन भैरहेको यो चलचित्र आगामी डिसेम्वरमा रिलिज गर्ने निर्माण पक्षको योजना छ । चलचित्रलाई डानियल ओकोडुवाले निर्देशन गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments