काठमाडौं । गएको वर्षको प्रिमियर लिग विजेता लेस्टर सिटीले क्लबका प्रशिक्षक क्लाउडियो रानिएरीलाई वर्खास्त गरेको छ । जारी सिजनमा लेस्टर सिटीले खराब प्रदर्शन गरेपछि क्लबले रानिएरीलाई बर्खास्त गरेको हो ।

लेस्टर सिटी यो सिजनमा रेलिगेसन जोन भन्दा एक स्थान मात्र माथि छ । च्याम्पियन्स लिगमा सेभिल्लासँग २–१ ले हारे लगत्तै रानिएरीलाई बर्खास्त गरिएको हो । क्लबको व्यवस्थापन समितिले नेतृत्व परिवर्तन अहिलेको आवश्यकता भएकाले रानिएरीलाई बर्खास्त गर्नुपरेको बताएको छ ।

रानिएरी क्लबका लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक रहेपनि तत्काल क्लबको प्रतिष्ठा जोगाउनु मुख्य कुरा रहेको व्यवस्थापकीय टिमले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments