वीरगन्ज । नेपाली भूमिमा छिरेर खोलाबाट बालुवा तस्करी गर्ने भारतीयलाइ रोक्न प्रहरीले चासो नदेखाएपछि पर्साको पिडारी गुठी गाविसका स्थानीयवासीले आफै उनीहरुलाइ धपाउन सक्रिय भएका छन् ।पिडारीगुठी गाविसमा पर्ने ओरिया खोलामा बिहीवार बालुवा तस्करी गर्न आएका भारतीयलाई  स्थानीयले लखेटेका छन् ।

नेपाल–भारत सीमामा रहेको पीडारीगुठी गाविस १ स्थित ओरिया खोलमा बिहीवार करिब ३० । ४० वटा ट्रयाक्टर लिएर बालुवा उत्खनन गर्न करिब दुइ सयको संख्यामा भारतीय आएका थिए ।  नेपालतर्फको भूमिमा पर्ने खोला र खेतमा बालुवा उत्खनन गर्न आएका भारतीयलाइ पिडारीगुठीवासीले धपाउने क्रममा दुवै पक्षबीच झडप पनि भएको छ  ।

झडपमा भारतीयले हानेको ढुंगा लागेर पिडारीगुठी गाविस १ का चारजना घाइते भएका छन् । झडपमा जलेश्वर साह, तपेश्वर दास थारु, शिवप्रसाद महतो नुनिया र हिरालाल जहरा घाइते भएका हुन् । साहको टाउकोमा आठवटा टाँका लगाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments