सुनसुरी । उन्नाइसौँ बुढा सुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबले संकटासँगको भेट पक्का परेको छ । बिहीबार भएको सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई ३-१ गोल अन्तरले निराश पार्दै पुलिस फाइनल पुगेको हो ।

एन्फा टेक्निकल मैदानमा भएको खेलमा पुलिसका लागि जुमानु राइले दुई गोल गरे । अर्को गोल मानबहादुर परियारले गरे । धरानका रेजिन सुब्बाले एक गोल गरे ।

फाइनल खेल संकटा क्लब र नेपाल पुलिस क्लबकाबिच आगामी शनिबार हुने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments