काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मौन समर्थनपछि संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

नेमकिपाका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । विहीवार बसेको संसद वैठकमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलपछि सभामुखले विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतिले पारित भएको हो । संशोधनको विरोध गर्दै आएको एमालेले आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने भन्दै बैठकमा मौन बसेको थियो।

अब यो प्रस्ताव विधेयक शाखामा रहने र संशोधनका लागि ७२ घन्टाको समयसीमा हुनेछ । ७२ घन्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्नुपर्नेछ । शुक्रवार र शनिवार सार्वजनिक विदा भए पनि यो प्रक्रिया निरन्तर रहने संसद सचिवालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments