एजेन्सी । स्पेस वैज्ञानिकहरुले सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् ।

अमेरिकी वैज्ञानिकले पत्ता लगाएका ती ग्रहहरु पृथ्वीकै आकारका रहेको बताइएको छ । नासाको स्पलिट्जर स्पेस दुरबीनको सहयोगमा यी ग्रहको खोजी गरिएको हो ।

नेचर पत्रिकाका अनुसार अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एउटा ताराको नजिकै पृथ्वी आकारको सातवटा ग्रह भएको पत्ता लगाएका हुन् । यी सबै ग्रहको सतहमा पानी पाइने सम्भावना रहेको बैज्ञानिकले दाबी गरेका छन् । यसमध्ये तीनवटामा त जीवनकै सम्भावना रहेको अनुमान गरिएको छ ।

यी ग्रहहरु ट्रयाप्पिस वन नामक ताराकै आसपासमा रहेको र सवै एकअर्काको नजिकै रहेको विविसीले जनाएको छ । ट्रयाप्पिस वन नामको तारा एकदमै चिसो रहेकाले यी ग्रहमा पनि चिसो हावापानी रहेको अनुमान गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments