काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधवार सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिकानगरपालिका केन्द्रमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । १७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । मतदान ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments