काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित संसदका नौ दलले संविधान संशोेधन विधेयक संसदमा पेश भए अवरोध गर्ने निर्णय गरेका छन् ।

संसदीय दलको वैठकले संसदमा संविधान संशोधन प्रक्रिया आगाडि बढ्न नदिने निर्णय भए लगतै बुधवार छलफलमा बसेको एमाले सहितको नौ दलको बैठकले अवरोध गर्ने निर्णय गरेको हो ।

यता सरकारले भने व्यवस्थापिका संसदको बुधवारको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरे पनि एमाले सहितको नौ विपक्षी दलको चेतावनीसँगै बुधबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर बिहिबार ३ बजे सम्मका लागि स्थगित भएको छ ।

सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक भने पास हुन नदिने अडान दोहोर्याउँदै आएका छन् ।

Comments

comments