काठमाडौ। सरकारले गम्भीर रोग लागेका निजामती कर्मचारी र तिनका परिवारलाई उपचारस्वरूप पाँच लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको छ । कर्मचारीलाई प्रोत्साहनस्वरूप सरकारले उपचार खर्च दिँदै आएको हो । आर्थिक वर्ष ०६१-६२ देखि हालसम्म सरकारले निजामती कर्मचारीलाई उपचारका लागि १० करोड ५५ लाख ६ हजार रुपैयाँ वितरण गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । विभिन्न रोग लागेका दुई सय ८८ कर्मचारीका लागि सो परिमाणको रकम वितरण गरिएको छ ।

निजामती सेवा नियमावली २०५० को नियम ५५ अनुसार कडा रोग (मुटु, मिर्गौला र क्यान्सर) लागेका निजामती कर्मचारीका श्रीमान् तथा श्रीमतीलाई यो सुविधा दिँदै आइएको छ । कर्मचारीका छोराछोरी तथा आमाबुबाका लागि भने यो सुविधा उपलब्ध छैन । मन्त्रालयका अनुसार गत आव ०७२-७३ मा २७ जना बिरामी कर्मचारीका लागि एक करोड २६ लाख आठ हजार रुपैयाँ वितरण गरिएको थियो । चालू आव ०७३-७४ को सात महिनाको अवधिमा १४ कर्मचारीका लागि ६४ लाख ३७ हजार पाँच सय २१ रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आव २०७१-७२ मा २४ जनाका लागि एक करोड एक लाख ५१ हजार, २०७०-७१ मा ३० जनाका लागि एक करोड २० लाख ७७ हजार, २०६९-७० मा २६ जनाका लागि एक करोड २४ लाख, २०६८-६९ मा ३५ जनाका लागि एक करोड ५१ लाख ७३ हजार, २०६७-६८ मा ३६ जनाका लागि एक करोड ६३ लाख ६७ हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी, आव २०६६-६७ मा ३० जनाका लागि एक करोड २४ लाख ३५ हजार, २०६५-६६ मा २२ जनाका लागि ९४ लाख ८३ हजार, २०६४-६५ मा १३ जनाका लागि १६ लाख ९३ हजार, २०६३-६४ मा १५ जनाका लागि १५ लाख, २०६२-६३ मा ६ जनाका लागि ६ लाख र २०६१-६२ मा १० जनाका लागि साढे नौ लाख वितरण गरिएका मन्त्रालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments