मेलबर्न । अष्ट्रेलिया आउने धेरैको अनुभव छ–यहाँको जीवनशैली निकै व्यस्त प्रतिस्पर्धी छ । त्यसैले यहाँ सधैं चटारो,हतारो र दौडधुप मात्र छ,आफ्नो इच्छा र आकंक्षाहरुलाई तिलाञ्जली दिनुपर्छ । तर अष्ट्रेलियामा रहेका नेपाली समुदायका एक युवा विशाल गौतम भने यी सब कुराहरुमा सहमत छैनन् । किनभने इच्छाशक्ति भए भूगोल वा परिवेशले कहिल्यै छेकबार गर्न नसक्ने उनी बताउँछन् । यसको प्रमाण उनी आफैं हुन् ।

सात समुद्रापरिको मुलुक अष्ट्रेलियामा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन लागिपरेका छन् उनी । बाल्यकालदेखि नै गायनमा विशेष रुचि राख्दै आएका उनले आफू दुई कक्षामा हुँदा गीत गाएर सुनाएपछि शिक्षकले पेन्सिल उपहार दिएको क्षण बाल्यकालको विशेष सझनाको रुपमा रहेका छन् ।

समयले डोर्याउनेक्रममा उनी अष्ट्रेलिया आइपुगे । तर यहाँ आएर पनि उनले संगीतप्रतिको आफ्नो झुकाव र आफूभित्र रहेको प्रतिभालाई मर्न दिएनन् । त्यति मात्र होइन यही आएर उनको कला र प्रतिभाले अझ उजागार हुने अवसर पायो । अर्थात यही अष्ट्रेलियामा उनले आफ्ना गीतहरु रेकर्डिङ गराए ।

दुईवटा गीत भर्खरै बजारमा ल्याएका गायक विशालको नयाँ म्युजिक भिडियो “यो सास पनि “ छिट्टै बजारमा आउंदैछ । उक्त म्युजिक भिडियोको सुटिङ कयेमामा गरिएको थियो । ’यो सास पनि’ गीतको रेर्किडङको पल सम्झिदै उनी भन्छन्,“ रेकर्डिस्ट अष्ट्रेलियाका नागरिक थिए । उनलाई नेपाली गीत संगीतको बारेमा कुनै जानकारी थिएन । त्यसैले गाउने, सुन्ने अनि आफै चेक गर्नुपथ्र्यो । त्यो समय अप्ठेरो भएपनि मेरो लागि यादगार बन्यो । “

संगीतमा लाग्न चाहने युवाहरुलाई आफ्नो उदेश्य र गन्तव्य पहिले नै प्रष्ट भएर आउन सुझाउछन् उनी । उनलाई यस क्षेत्रमा पैसा भन्दा पनि आफ्नो रुचिलाई पूरा गर्नु पहिलो उद्देश्य हुनुपर्छ जस्तो लाग्छ । अरु क्षेत्रमा जस्तै संगीतको क्षेत्रमा पनि निरन्तरको साधना र मेहनत आवश्यक हुने उनी बताउँछन् ।

हाल सिड्नीमा बस्दै आएका गौतमले वर्षमा २–३ वटा गीत बजारमा ल्याउने योजना बनाएका छन् । उनी छिट्टै एउटा एल्बम समेत ल्याउने तर्खरमा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments