काठमाडौं।  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि १९ खेलाडी छनौट गरिएको छ । १९ खेलाडी तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत दिल्ली जाँदै छन् ।

भारत अभ्यासमा अस्वस्थताका कारण कप्तान पारस खड्का सम्मिलित हुने छैनन् । टोली नेपाल फर्केपछिको अभ्यासमा भने उनी सहभागी हुनेछन् ।

खेलाडी छनौट गर्न गएको माघ ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट क्लोज क्याम्पका लागि गएको माघ २७ गते २४ खेलाडी छनौट भएका थिए । क्लोज क्याम्पमा रहेका २४ खेलाडीबाट १९ जना खेलाडी छनौटमा परेका हुन् । भारतमा हुने अभ्यास खेलपछि अन्तिम टोली छनौट गरिने छ ।

सुपर लिगमा ५२ खेलाडीलाई ४ टिममा विभाजन गरेर खेल खेलाइएको थियो । सुपर लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि क्लोज क्याम्प गर्न २४ खेलाडी र क्लोज क्याम्पपछि अन्तिम १९ खेलाडी छनौट गरिएको हो । खेलाडी छनौटमा आइसिसीका प्रतिनिधि वेनकटपथि राजु, कोच जगत टमाटा र कप्तान पारस खड्का थिए ।

को को परे १९ खेलाडीमा ?

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • आरिफ शेख
  • दिलिप नाथ
  • मेहबुब आलम
  • करण केसी
  • आशिफ शेख
  • सागर पुन
  • भुवन कार्की
  • शरद भेषावकर
  • शक्ति गौचन
  • अभिनाश कर्ण
  • सोमपाल कामी
  • सुनिल धमला
  • दिपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • राजेश पुलामी मगर
  • बिनोद भण्डारी
  • सन्दिप लामिछाने

२४ बाट को को बाहिरिए ?

  • दिपेश श्रेष्ठ
  • कुशल भुर्तेल
  • बिक्रम शोब
  • अमित श्रेष्ठ
  • सुसन भारीAre you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

Please follow and like us:

Comments