मलेसियामा जारी एसिसी युु–१६ प्रिमियर क्रिकेटमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई १०२ रनले पराजित गरेको छ ।

क्वालालाम्पुरको रोयल सेलङगर क्लबमा भएको खेलमा नेपालले ओमानलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरको खेलमा सबै विकेटको क्षतिमा १६४ रन जोडेको थियो । जितेन्द्रसिंह ठकुरीले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको हो ।

जितेन्द्रको अविजित ३२ रनमा नेपाल पुरा ४० ओभर खेली १ सय ६४ रनमा अलआउट भएको हो ।  नेपाली इनिङसमा आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार गरेका थिए । उपकप्तान आशिफ १२ र प्रनित १६ रनमा आउट भए । नेपालबाट अन्य खेलाडीमा शुशान्तसिंह थापाले १७, रवि शाहले ९, रवीन्द्र जंग शाहले २५, कप्तान सुमित महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे ।

विजय चौधरी र आशिष पोखरेल खाता नखोली आउट भए । यस्तै ओमानका हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिए । नेपालले यसअघिका दुवै खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेटले र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो ।

Comments

comments