सिड्नी। अष्ट्रेलियाको सिड्नीमा ‘नेपाली फूड फेस्टिभल’ हुँदैछ । ‘टेस्टिङ्ग नेपाल-नेपाली फूड फेस्टिभल’ नामको सो कार्यक्रम सिड्नीको बेल्मोर पार्कमा हुन लागेको हो ।

कार्यक्रम ८ अप्रिल २०१७ दिन बिहान ११:३० बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । नेपाली खानाको परिकार त्यस भित्र पनि विभिन्न सामुदायिक परिकारका स्वाद यस कार्यक्रममा चाख्न पाईनेछ ।

विभिन्न परिकार र समुदायको चिनारी सहित नेपाली खाना तथा संस्कृतिको सम्बर्धनको लागि यो फूड फेस्टिभलको आयोजना गरिएको आयोजकले बताएका छन् । ‘टु टेबल्स’ कार्यक्रमको मूख्य आयोजक हो ।

यो कार्यक्रमले आपसी सम्बन्ध बढाउन र खानपिन संस्कृती सम्बन्धी जानकारी लिनमा सहभागीहरुलाई मद्दत पुग्ने आयोजकले बताएका छन् । यस फूड फेस्टिभलमा निशुल्क प्रवेश पाइनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments