काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल र नेपालका लागि चीनिया राजदूत यु होङबिच भेटवार्ता भएको छ ।

प्राधिकरणको कार्यालयमा भएको भेटका क्रममा चिनियाँ राजदुत होङले भूकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निमाणप्रति चासो राख्दै विद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा थप सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।

जवाफमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्पपछिको अवस्थामा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणको अभियानलाई सफल बनाउन छिमेकी देशसँगको सहकार्य अनिवार्य भएको उल्लेख गर्नुभयो ।

यसैबीच सिइओ पोखरेलले फ्रान्सका राजदूत युवेस कारमोनासँग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा राजदूत कारमोनाले शिक्षा क्षेत्रको पुनर्निर्माणमा थप सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो । प्राधिकरणका सिइओ पोखरेलले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सबै विकास साझेदारहरुसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । भेटमा पुनर्निर्माणका लागि प्राविधिक सहयोग परिचालन गर्ने बारे पनि कुराकानी भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments