काठमाडाैं। सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले सटन युनाइटेडलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

आर्सनललाई जिताउन २६ औँ मिनेटमा लुकास पेरेजले गोल गरे । त्यस्तै दोस्रो हाफ सुरु भएको १० मिनेटमा थियो वाल्कटले आर्सनका लागि व्यक्तिगत एक सयौँ गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको म्यान अफ म्याच लुकास पेरेज भए ।

आर्सनलले क्वाटरफाइनलमा अब लिंकन सिटीसँग खेल्नेछ । लिकंन सिटी बर्नलीलाई हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो । यी दुइबिच शनिबार खेल हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments