• मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको संख्या बढेसँगै समुदाय केन्द्रीत गतिविधिहरुमा पनि वृद्धि भएको छ ।

त्यसमा पनि यहाँका नेपाली समुदायमा खेलप्रतिको आकर्षण अझ बढी रहेको पाइन्छ । त्यसैले यहाँ विभिन्न खेल गतिविधि उत्साहजनक रुपमा हुने गरेको छ । यहाँ खुलेका नेपाली स्पोर्टस् क्लबहरु र समय समयमा हुने खेल प्रतियोगिताहरुले यसको पुष्टि गर्दछ ।

मेलबर्नमा हुँदै आएको नेपाली समुदाय केन्द्रीत प्रतियोगिताहरु मध्ये हरेक वर्ष हुने न्याभ कप क्रिकेट टुर्नामेन्ट सबै भन्दा पुरानो मात्र नभई प्रतिष्ठित प्रतियोगितामा पर्छ । नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभले आयोजना गर्दै आएको यो प्रतियोगिता विगत १२ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ। यो प्रतियोगितामा जित्नु मात्र नभई सहभागी हुन पाउनु पनि यहाँका नेपाली क्लब र खेलाडीहरु आफ्नो उपलब्धीका रुपमा लिन्छन् ।

यस वर्षको न्याभ कप क्रिकेट टुर्नामेन्टको हालसम्म छैटौं राउण्डसम्मका खेलहरु सम्पन्न भैसकेका छन् । यसको फाइनल प्रतियोगिता भने आगामी मार्च १२ मा हुनेछ ।

विगत १२ वर्ष देखि निरन्तर रुपमा आयोजना गरिदै आएको न्याभ कप क्रिकेट टुर्नामेन्टमा यस वर्षदेखि केहि महत्वपूर्ण परिवर्तन र परिमार्जन गरिएको छ । टुर्नामेन्टका संयोजक तारा गैरेका अनुसार यस वर्षदेखि टुर्नामेन्टमा सहभागी हुने सबै टिमको लागि आ आफ्नो जर्सी अनिवार्य गरिएको छ भने सेतो बलले मात्र खेल्न पाउने नियम बनाइएको छ ।

यो टुर्नामेनटले यहाँका नेपाली क्लब र खेलाडीलाई राम्रो खेल मञ्च उपलब्ध गराएको संयोजक गैरेको दाबी छ । यसबाट सबै खेलाडिहरुलाई राम्रो अवसर मिल्नुको साथै खेलाडिमा कम्पिटिशनको भावाना जागृत गराउन र खेल सम्बन्ध बढाउन पनि न्याभ टुर्नामेन्ट फलदायी रहेको उनी बताउाछन् । मार्च १२ मा हुने फाइनल खेललाई अझ ब्यापक बनाउने तयारी भैरहेको पनि उनले बताए । प्रतियोगितालाई आकर्षक र वृहद बनाउन किड, वुमेन्स गेम, अनि न्याभ र कर्पोरेट टिमबीच खेलको आयोजना गर्न लागिएको संयोजक गैरेले जानकारी दिए ।

न्याभ कपमा सहभागी हुन पाउनु नै यहाँका नेपाली क्लब र खेलाडीका लागि महत्वूर्ण उपलब्धी रहेको गोर्खाली क्रिकेट क्लबका कप्तान सुमन सिंह बताउँछन् । यो प्रतियोगिताले खेलाडीहरुलाई थप एक्सपोजर प्राप्त हुने गरेको उनले बताए । त्यति मात्र नभई खेलको माध्यमबाट यहाँका नेपालीहरुबीच एकता र भातृत्वको सन्देश दिन पनि न्याभ कप सफल छ,उनी थप्छन् ।

प्रतियोगिताले खेलाडीहरुलाई थप एक्सपोजर प्राप्त हुने गरेको उनले बताए । त्यति मात्र नभई खेलको माध्यमबाट यहाँका नेपालीहरुबीच एकता र भातृत्वको सन्देश दिन पनि न्याभ कप सफल छ

यस्तै धारणा छ नर्रे किङ्सका कप्तान किशोर कँडेलको पनि । न्याभ कप खेलाडीहरुका लागि प्रतिभा प्रदर्शन गर्ने सही मञ्च मात्र नभई नेपालीहरुको मिलन बिन्दु पनि रहेको उनको धारणा छ । तर प्रतियोगिताको फम्र्याट भने केही परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । त्यसो गर्न सकिए धेरै खेलहरु खेल्न पाउनुका साथै खेलाडीहरुले पनि अझ बढी प्रतिभा प्रदर्शन गर्न पाउने उनी बताउँछन् ।

अहिले शुरुमा सबै क्लबहरुबीच कडा प्रतिस्पर्धा भए पनि अन्तमा आएर उत्कृष्ट दुई टिमले मात्र उपाधिका लागि भिड्न पाउने प्रावधान छ । यसमा परिमार्जन गरेर कम्तीमा ४ टिमले सेमीफाइनलका लागि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था बनाउनुपर्ने कप्तान कँडेलको सुझाव छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments