मेलबर्न । दक्षिण चीनको शेङजेङ सहरमा बस्ने एक युवती अहिले सामाजिक संजाल र मिडियामा छाएकी छिन् ।

ती युवतीले हालै २० जनालाई आफ्नो ब्वइफ्रेन्ड बनाएर उनीहरु प्रत्येकलाई आफ्नो लागि आइफोन ७ किनिदिन अनुरोध सहितको म्यासेज पठाइन् । उनले ती २० जनाबाट २० वटा आइफोन ७ मोबाइल जम्मा गरेर सबै मोबाइल हुइ शोउ बो नामक मोबाइल रिसाइकलिङ साइटलाई १२०,००० चाइनिज युआनमा बेचिन् । र,त्यो पैसाले उनले आफ्नो लागि घर किनिन् ।

जब उनले साथीहरुलाई आफ्नो नयाँ घर देखाइन् तब साथीहरु अचम्ममा परे । किनकि उनको आर्थिक अवस्था उक्त घर किन्न सक्ने क्षमताको थिएन । उनका बुवा साधारण जागिरे हुन् भने आमा गृहिणी र उनी घरकी जेठीे सन्तान हुन् ।

उनले ती साथीहरुलाई घर किन्न पैसा जम्मा गरेको उपायबारे बताएपछि यो घटना बाहिर आएको हो । अहिले चीनका सामाजिक संजाल प्रयोगकर्ताहरुबीच ’एउटा घरको लागि बिस मोबाइल’ ट्रेन्ड नै चलेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments