काठमाडौं । कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।

प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई अध्याधिक बहुमतले हराउँदै थापा अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । पार्टी अध्यक्ष पदकाे लागि भएकाे निर्वाचनमा थापाले २ हजार ८०४ मत पाउनु भयाे भने उहाँका प्रतिद्वन्द्वी राणाले २५१ मत पाउनु भयाे ।

राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको थियाे ।

Comments