काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

सोमबार एकै दिनमा तेस्राे पटक बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति निर्धारण गरेको हो । यस अघि निर्वाचन अायाेगले बैशाख ३१ गते निर्वाचन गर्न सरकारलार्इ प्रस्ताव गरेकाे थियाे ।

सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले चुनावका लागि निर्वाचन आयोगलाई १० अर्व ६३ करोड ७६ हजार ७ सय २५ रुपैयाँ तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।सरकारले मिति घोषणा गरेसँगै अब देशमा १९ वर्षपछि स्थानीय चुनाव हुने छ ।

मधेस केन्द्रित दलले संसदमा दर्ता भएको संविधान संशोधन पारित नगरि चुनावको मिति घोषणा नगर्न आग्रह गर्दै आएका छन् । तर सरकारले संशोधन प्रस्ताव संसदमा अघि बढाउने निर्णय गर्दै चुनावको मिति घोषणा गरेको हो । वैशाख ३१ गते एकैपटक देशभेर स्थानीय चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

Comments

comments