एजेन्सी । जमिन सम्पूर्ण सजीवहरुको जीवनको आधार हो । जमिनमा विविध खाद्यान्न, तरकारिहरु उब्जाइन्छन् । केहि समय पहिले बैज्ञानिकहरुले समुद्रमाथि पनि खेती गर्न सफल भए भने अहिले बैज्ञानिकहरुले निरन्तरको खोज र धैर्यले अन्तरिक्षमा पनि बन्दागोभी फलाउन सफल भएका छन् ।

अन्तरिक्षयात्रीहरुले करिव एक महिनाको प्रयासपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा तोक्यो बेकना नामक बन्दागोभी फलाएका हुन् । नासाका अनुसार अन्तरिक्षयात्री पेगी ह्वाइटसनले फलाएको चाइनिज बन्दागोभी अन्तरिक्षयात्रीहरुले खान पाउने बताएको छ ।

बाँकी रहेका केही बन्दागोभीहरु केनेडी अन्तरिक्ष केन्द्रमा बैज्ञानिक अध्ययनका लागि सुरक्षित गरिने बताइएको छ । तोक्यो बेकना अन्तरिक्ष केन्द्रमा फलाइएको पाँचौं तरकारि हो ।

जोनसन अन्तरिक्ष केन्द्रको अन्तरिक्ष खाद्य प्रणालीको टोलीलाई पठाइएको अनेक पत्तेदार सब्जीमध्येबाट बेकनालाई चुनिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments