नेपाली काँग्रेसले आजदेखि विराटनगरबाट वीपी विचारयात्रा शुरु गरेको छ ।

वीपी कोइरालाको शतवार्षिकीको अवसरमा यात्रा शुरुवात गर्न आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान निर्माणका लागि सबै एक ठाउँमा उभिने समय आएको बताउनुभयो ।

मुलुक लोकतान्त्रिक संविधान निर्माणको प्रक्रियामा रहेकाले वीपिको चिन्तन र विचारलाई अनुसरण गर्न सके सबैको साझा संविधान बन्नसक्ने देउवाको भनाइ छ । त्यस्तै उपसभापति रामचन्द्र पौड्लले शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न वीपीको आदर्श र विचारलाई अवलम्वन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वीपी कोइरालाको जन्म शताव्दीको अवसरमा कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले विराटनगरदेखि काठमाडौंको सुन्दरीजलसम्म वीपी विचार यात्रा गर्न लागेको हो । विचारयात्रा वीपीको जन्म दिन पारेर भदौ २४ गते काठमाडौंमा समापन गरिनेछ ।

राणकालमा विराटनगरमा पक्राउ गरी काठमाडौं ल्याउँदा वीपीलाई जुन बाटो हिडाइएको त्यही रुटमा वीपी विचार पदयात्रा गरिनेछ । वीपीलाई जहाँ जहाँ वास बसाइएको थियो, ती स्थानमा कार्यक्रमहरु गरिने छ ।

विचारयात्राको माध्यमबाट नयाँ पुस्तालाई काँग्रेसको सिद्धान्तका साथै राष्ट्र र नागरिकका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीतर्फ अग्रसर गराउन सन्देश दिइने काँग्रेसको दावी छ ।

Comments

comments