काठमाडौं। मधेसी मोर्चाले मंसिरमा संघीय संसद्को निर्वाचन गर्न प्रस्ताव गरेको छ । तत्काल स्थानीय निर्वाचन घोषणा भएमा आन्दोलनमा जाने मोर्चाले चेतावनी दिएको छ ।

‘हामीले प्रधानमन्त्रीलाई मंसिरमा संघीय संसद्को निर्वाचन गर्न प्रस्ताव गरेका छौँ,’ आइतबार प्रधानमन्त्रीसँग भएको छलफलमा सहभागी संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘मोर्चा संघीय र प्रदेश संसद्को निर्वाचन मंसिरभन्दा अगाडि सम्भव भए, त्यो पनि स्वीकार गर्न तयार छ ।’

बालुवाटार बैठकको सुरुमै प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनको थालनी स्थानीय तहको निर्वाचनबाट गरौँ भन्ने प्रस्ताव राखेका थिए । जवाफमा मोर्चाका नेताले स्थानीय तहको संख्यामा विवादसमेत रहेकाले संघीय संसद्को निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

आफूहरूले स्थानीय तहको निर्वाचन गर्दा संघीयता कार्यान्वयनको अर्थ नलाग्ने भन्दै संघीय र प्रदेश संसद्को निर्वाचन पहिले गर्न प्रस्ताव गरेको श्रेष्ठको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments