एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिणी क्षेत्रमा घटनामा ५० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

खाद्यान्न तथा तरकारीको व्यस्त बजारमा विस्फोट भएको हो । विस्फोटका कारण बजार ध्वस्त भएको छ । फेब्रुअरीको सुरुमा भएको राष्ट्रपतीय चुनावमा मोहम्मद हब्दुल्लाही मोहम्मद विजयी भएपछि राजधानी मोगादिशुमा भएको यो ठूलो आक्रमण हो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर बिद्रोही समूह अल–शबाबले आक्रमण गरेको हुनसक्ने आशंका रहेको बिबिसीले जनाएको छ । शनिबार अल–शबाबका एक उच्च नेताले राष्ट्रपतिका समर्थकलाई लक्षित गरी ठूलो आक्रमण गर्ने बताएका थिए ।

नयाँ राष्ट्रपतिको समर्थन गर्ने सबै राक्षसी मानसिकता भएका मानिस रहेको आरोप लगाउँदै अल–शबाबका नेता शेख हसन याकुबले ति सबै आक्रमणको खतरामा रहेको बताएका थिए ।

राष्ट्रपति मोहम्मदले आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले आक्रमणकारीका बारेमा सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments