काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर सिरहामा भएको धार्मिक कार्यक्रम उद्घाटन गर्न जानुभएको छ । प्रधानमन्त्री प्रचण्ड श्रीमदभागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्न काठमाडाैंबाट हेलिकप्टरमा सिरहा जानुभएको हो ।

उहाँ कांग्रेस नेता प्रदीप गिरीले गरेको निम्तो स्वीकार्दै महायज्ञको उद्घाटन गर्न गएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । एक घण्टामा हेलिकप्टरमा सिरहा पुगेर काठमाडौं आउनुभएका उहाँले आजै पूर्वाधार विकास सम्मेलनको पनि उद्घाटन गर्नुभएको छ ।

उहाँ गएको शुक्रबार पनि हेलिकप्टर चढेर रोल्पा महोत्सव पुग्नुभएको थियो । राजनीतिक समस्या समाधान गर्दै चुनावको मिति तोक्न गृहकार्यमा जुट्नुपर्ने प्रधानमन्त्री उद्घाटनका कार्यक्रममै व्यस्त हुन थालेपछि उहाँको आलोचना बढेको छ ।

सिरहामा गरिब विपन्न र दलित समुदायका लागि छात्राबास र वृद्धाश्रम बनाउन सहयोग संकलन गर्ने उद्देश्यले गरिएको महायज्ञको उद्घाटन गर्दै प्रचण्डले महायज्ञमा सरकार पनि साथमै रहेको बताउनुभयो । उहाँले राजनीतिज्ञ वा धार्मिक पन्थका आविष्कारहरुले राखेको उद्देश्य मानव जातिकै हित र समानताको उन्नतिका लागि भएको दावी पनि उहाँले गर्नुभयो ।

प्रधानमन्त्रीलाई यज्ञको उद्घाटन समारोहमा निम्त्याउने कांग्रेस नेता गिरीले धर्म विनाको राजनीति अल्पकालिन हुने बताउनुभयो । कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायक तथा संसद पदमनारायण चौधरी पनि सहाभगी हुनुहुन्थ्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments