काठमाडौं।  नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि अस्पतालबाट घर फर्किएका छन् । पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएका खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो ।

पेटमा सानो प्वाल मात्र पारेर शल्यक्रिया गरिएकाले उनी चाँडै खेलमा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी भारतमा हुने अभ्यास खेलमा सहभागी नभए पनि नेपालमा हुने प्रशिक्षण क्याम्पमा सहभागी हुनेछन् ।

वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि अभ्यास गर्न नेपाली क्रिकेट टोली आगामी शुक्रबार भारत जाँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments