काठमाडौं ।  इण्डियन प्रिमियर लिग आइपिएलको टिम राइजिङ पुने सुपरजायन्ट्सले महेन्द्रसिंह धोनीलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा क्लबले अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राइजिङ पुने क्लबको व्यवस्थापन उनको कप्तानीप्रति असन्तुष्ट रहेकाले उनलाई जिम्मेवारीबाट हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत वर्ष धोनीको कप्तानीमा आइपिएल खेलेको पुनेले सातौं स्थानमा अर्थात् पुछारबाट दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो ।

२०१७ सालको आइपिएलका लागि खेलाडीको लिलामी हुनुभन्दा एकदिन अघि क्लबले यस्तो निर्णय गरेको हो । चेन्नाइ सुपर किग्सका पूर्व कप्तान पनि रहेका ३५ वर्षिय धोनी आइपीएल क्रिकेटको इतिहासमा सबैभन्दा सफल कप्तान मानिन्छन् ।

उनको नेतृत्वमा चेन्नाई सुपर किंग्सले २ पटक आइपिएलको उपाधि जितेको छ भने ४ पटक उपबिजेता बनेको थियो । धोनीले केही समयअघि मात्रै राष्ट्रिय टिमको एकदिवसीय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments