मेलबर्न । अष्ट्रेलियाको रिजर्भ बैंकले १० अष्ट्रेलियन डलरको नयाँ नोट सार्वजनिक गरेको छ ।

यस नोटमा निलो रंगलाई प्राथमिकता दिईएको छ भने थोरै पहेंलो रंगको टिकाहरु प्रयोग गरिएको छ । यो नोटमा साहित्यिक प्रतिभाको अनुहार देख्न सकिन्छ ।

१० डलरको नयाँ नोटलाई आगामी सेप्टेम्बरदेखि बजारमा ल्याइनेछ । नोटमा रंगीन छड्के धर्काहरु पनि राखिएको छ । नोट वारपार स्पष्ट देखिने खालको छ ।

रिजर्भ बैंक अष्ट्रेलियाका गभर्नर फिलिप लोवेले नक्कली नोटलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ नोटलाई बजारमा ल्याउन लागेको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments