एजेन्सी । दक्षिण भारतीय चलचित्रकी एक प्रसिद्ध अभिनेत्री बलात्कृत भएकी छिन् ।

अभिनेत्री भावनालाई शुक्रवार राति केरलको कोच्चिबाट अपहरण गरि नजिकै रहेको सुनसान इलाकामा लगी बलात्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरल प्रहरीका अनुसार कारमा आफ्नो घर गइरहेको बेला अचानक पछाडिबाट आएको कारले ठक्कर दिएपछि गाडी साइड लगाउने क्रममा चालकलाई कुटपिट गर्दै उनलाई अपहरण गरिएको थियो ।

बलात्कारपछि भिडियो समेत खिचिएको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घट्ना लगतै प्रहरीले सन्दिग्ध अपहरणकरीलाई पक्राउ गरि सोधपुछ गरिरहेको छ । घट्नामा भावनाकै पूर्व निजी चालक संलग्न रहेको बताइएको छ । भावना मलायम चलचित्रकी अहिलेकी व्यस्त अभिनेत्री हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments