एजेन्सी । हजारौं बर्ष अगाडि हराएको महादेश फेला परेको छ । स्याटालाइट डाटा, ढुंगाको नमूना र अन्य विभिन्न परीक्षणपछि पृथ्वीमा अर्को महादेश भेटिएको भूगर्भविद्हरुको दाबी छ ।

न्यूजिल्याण्डमूनि फेला परेको जिल्याण्डिया महादेशको क्षेत्रफल पाँच मिलियन वर्ग किलोमिटर रहेको छ,जुन ग्रेटर इण्डियाको क्षेत्रफल जति हुन आउँछ । जिल्याण्डियाको ९४ प्रतिशत भाग पानीमूनि छ । न्यूजिल्याण्ड र अष्ट्रेलियाका भूगर्भविद्हरुले जिल्याण्डिया पत्ता लगाएका हुन् ।

उनीहरुले जिल्याण्डियालाई अफ्रिका, एशिया, अन्टार्कटिका, अष्ट्रेलिया, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकापछि आठौं महादेशका रुपमा राखिनुपर्ने बताएका छन् । धेरै मानिसहरुले न्यूजिल्याण्डलाई सानो सानो टापुका रुपमा चिन्ने गरे पनि वास्तवमा यो ९४ प्रतिशत पानीमा डुबेको ठूलो महादेशको हिस्सा भएको जिओलोजिकल सोसाइटी अफ अमेरिकाज जर्नलमा उल्लेख छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments