काठमाडौं । सरकारले फागुन ८ अर्थात आइतवार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । निर्वाचन आयोगले फागुन ८ भन्दा एकदिन मात्र ढिलाइ भए पनि आगामी जेठमा निर्वाचन गर्न असम्भव हुने र जेठमा सम्भव नभए मंसीर यता निर्वाचन गर्न नसकिने जानकारी गराएपछि सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णयमा पुगेको स्रोतले बतायो । यसअघि सरकारले यसैसाता निर्वाचन आयोगमा रिक्त रहेका तीन आयुक्तको नियुक्ति गर्दै पूर्णतः प्रदान गरेको थियो ।

यसैबीच आइतवार निर्वाचन मिति घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग शनिवार छलफल गर्दैहुनुहुन्छ ।

मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका दलहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments