मेलबर्न । अभिनेता नीर शाह विश्वका विभिन्न मुलुकमा घुमफिरका लागि जान रुचाउँछन् । यस्तै विभिन्न कामले विदेश गइरहनु उनको नियमित काम जस्तै हो । अष्ट्रेलियामा पनि उनी धेरैपटक आइसकेका छन् ।

‘कहिले फिल्मको कामले गएँ त कहिले अन्य कुनै कामले । जे कामले गएपनि अष्ट्रेलिया पुगेपछि मेरो मन त्यसै फुरुङ हुन्छ’ अभिनेता शाहले भने । ‘प्राकृतिक रुपमा निकै सम्पन्न लाग्छ । कुनै कुचीकारले मेहनत गरेर बनाएको चित्र जस्तो,’अष्ट्रेलियाप्रतिको आफ्नो धारणा यसरी सुनाउँछन् उनी ।

अष्ट्रेलियाको धेरै शहर चहारेका छन् उनले । तर कुनै पनि शहरको खोट लगाउने ठाउँ नभेटेको उनी बताउँछन् । त्यसरी अष्ट्रेलिया आउने र जाने क्रममा यहाँका नेपालीहरुसंग पनि भेटघाट र छलफल गरेका छन् उनले । ‘दाम कमाउनेहरुका लागि अष्ट्रेलिया खानी हो’ उनी आफ्नो अनुभव सुनाउँछन् । त्यति मात्रै नभएर मेधावी विद्यार्थीका लागि अष्ट्रेलिया उत्कृष्ट शैक्षिक गन्तब्य हो भन्ने लाग्छ उनलाई । अष्ट्रेलियामै अध्ययन गरेर यतै सेटल भएका धेरै नेपाली विद्यार्थी भेटेका छन् उनले ।

अष्ट्रेलियामा नेपाली फिल्मको बढ्दो बजारप्रति अभिनेता शाह अझ खुशी व्यक्त गर्छन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै कारण पछिल्लो समय नेपाली फिल्मको बजार बृहत हुँदै गएको उनको अनुभव छ । तर त्यसका लागि फिल्म पनि स्तरीय हुनुपर्ने उनको बुझाई छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कमाई राम्रो भएकै कारण नेपाली कलालाई माया गरेको अभिनेता शाहको धारणा छ । ‘यसको अर्थ पैसा नहुनेले नेपाली फिल्मलाई माया गर्दैनन् भन्ने होईन तर, अष्ट्रेलियावासीले बढी माया गरेको पाएको छु’ उनले भने ।

नेपाली कलाकारको स्टेज प्रस्तुतिले समेत अष्ट्रेलियावासीको मन छोएको उनको बुझाई छ । त्यसैले त यहाँ हप्तैपच्छिे जस्तो केही न केही कार्यक्रमहरु हुने गरेको उनी बताउँछन् ।

नेपालमा फिल्म कलेज शाहले नै शुरु गरेका थिए । तर अभिनय, निर्देशन लगायत फिल्मसंग सम्बन्धित अन्य विधामा अध्ययन गर्नेहरुका लागि पनि अष्ट्रेलिया राम्रो गन्तब्य भएको उनको धारणा छ । किनभने उनको बुझाईमा अष्ट्रेलियामा पढ्ने विद्यार्थीले विश्वको जुनसुकै मुलुकमा पनि क्षमता अनुसारको काम पाउँछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments