म्याग्दी।  मध्यपहाडी जिल्ला म्याग्दीको एउटै गाउँबाट मात्रै यसवर्ष झण्डै २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ । भकिम्ली–५ को उपल्लो र तल्लो राखुबाट मंसिर अन्तिम सातादेखि माघ महिनासम्म कुल २७ लाख ६९ हजार रुपैयाँको सुन्तला निर्यात गरिएको हो ।

गएको वर्ष १५ लाख रुपैयाँको सुन्तला निर्यात भएकोमा यसवर्ष उत्पादन बढेको किसानहरुले बताएका छन् ।  बोटमै प्रतिकेजी ४० र पोखरा पुग्दा ७० रुपैयाँसम्म मूल्य पर्ने गरेको छ ।

किसानहरु अन्य खेतीबाली छाडेर व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागेपछि  सुन्तला उत्पादन बढ्दै गएको छ । छोटो समयमै धेरै आम्दानी हुन थालेपछि भकिम्लीका किसानहरु सुन्तला खेतीतर्फ थप आकर्षित भएका छन् भने अहिले उनीहरुको मुख्य पेशा नै व्यवसायिक सुन्तला खेती रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा सुन्तलाका बिरुवा तथा मलबीउको सहयोग पाएपछि महिलाहरु व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका छन् । गाउँमा उत्पादित सुन्तला र कृषि उपजलाई बजारसम्म पु¥याउनका लागि गलाको स्थानिय मिलेर कृषि सडक खनिएको छ । भकिम्लीमा मात्रै प्रति कृषकले वर्षमा न्युनतम ५ हजारदेखि ३ लाख रुपैयाँसम्म सुन्तला खेतीबाटै आम्दानी गर्दै आइरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments