काठमाडौं । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो ।

व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए । मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए । त्यसवेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए ।

re you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments