मेलबर्न । न्यूजिल्याण्डमा शक्तिशाली महाभूकम्प जानसक्ने अनुमान गरिएको छ ।

केही दिनदेखि न्यूजिल्याण्डमा ४०० भन्दा बढी समुद्री ह्वेल माछाहरु समुद्रभन्दा बाहिर निस्केर किनारामा आएर बस्न थालेपछि विज्ञहरुले महाशक्तिशाली भूकम्पको खतरा रहेको अनुमान गरेका हुन् । शदियौंदेखि जीवजन्तुको व्यवहारलाई भूकम्पको पूर्व संकेतका रुपमा अध्ययन गरिदै आएको छ । केही दिनदेखि न्यूजिल्याण्डको दक्षिण आइल्याण्डमा सयौं ह्वेल माछाहरु समुद्री किनारामा थुप्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २००४ को बक्सिङ डेका दिन गएको शक्तिशाली सुनामी आउनुभन्दा केही दिन अगाडिदेखि १७० भन्दा बढी ह्वेल माछाहरु अष्ट्रेलिया र न्यूजिल्याण्डका समुद्री तटबाहिर निक्लिएका थिए । त्यतिबेला समुद्रमा गएको भूकम्पपछि आएको सुनामीले २ लाख ३० हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

Source :Jewsnews

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments